प्रथम वार्षिक उत्सव

मिति :- २८ जुलाई २०२०

विषय :- प्रथम वार्षिक उत्सव विशेष शुभकामना ।

विश्वभर छरिएर रहनु भएको आम नेपाली श्रमजीवी दाजुभाइ दिदिबहिनी हरुले विभिन्न बाहानामा भोग्नुपरेको र भोग्दै आउनु भएको पिडा समस्या तपाईं हामीले सुन्दै र देख्दै आएका छौ अझ श्रमिकको लागि नै भनेर स्थापना भएका केहि कृयाशिल संघसंस्थाले समेत मजदुरका समस्या समाधान गर्नुकाे साटाे उल्टै श्रमिकका नारा बाेकेर श्रमिक माथि नै राजनीति गरिरहेकाे अवस्थामा मजदुरका लागी मजदुर भन्ने मुल नारा सहित बिगत १ बर्ष अगाडि ठिक अाजकै दिन २८ जुलाई सन् २०१९ मा मलेसियाको राजधानी क्वालालम्पुरमा अभियान्ताहरु दिलिप भट्टराई समर्पण तेज बहादुर कार्कि प्रेम बहादुर शाहि दिलिप तथा अर्जुन सिहं अनुरागिकाे सकृयतामा भएकाे बृहत भेलाले मजदुरका समस्या समाधान गर्न अब मजदुरले नै नेतृत्व गरेर सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको थियो यहि निष्कर्ष बमोजिम गैरराजनीतिक, गैरसरकारी र मुनाफा रहित विशुद्ध श्रमिक मैत्री र श्रमिकले नै नेतृत्व गर्ने गरि तत्कालीन अवस्थामा तेज बहादुर कार्कि अध्यक्ष तथा समर्पण भट्टराई महासचिव रहने गरी नेपाली मजदुर एकता केन्द्र मलेसियाकाे औपचारिक रूपमा स्थापना भएको थियो । मलेसियाबाट सुरु भएको नेपाली मजदुर एकता केन्द्र तत्कालीन अवस्थामा पनि मलेसिया बाहेक अन्य देश बाट आएका मजदुरका समस्या हरु मा सक्रिय पहल गर्दै आएको थियो ब्लड क्यान्सर पीडित नवाङ मोक्तानको लागी नवाङ बचाउ अभियान लाइ पहिलोपटक आर्थिक सहयोग गरेको थियो तेस्तै साउदीमा ठगीएका ७ नेपाली लाइ ७ लाख बराबरको क्षेतिपुर्ती दिलाउन सफल भएको थियो यसरी सयौं समस्यालाइ हेर्दै पहल सहजीकरण गर्दै आएको केन्द्रले आम श्रमिकहरुको साथ सहयोग र समर्थन पाउदै गएपछि क्रमश आफुलाइ थप मजबुत बनाउदै नेपालमा दर्ता गरि अन्तर्राष्ट्रिय रुपमा नै साखाहरु गठन गर्ने र श्रमिकको समस्या समाधानमा निरन्तर लाग्ने अठोट सहित र निक्कै लामो संघर्ष र मेहनतका बाबजुद ०१ फागुन २०७६ मा नेपाल सरकार बाट समेत औपचारिक सम्बन्धन लिन सफल भयौ अहिले बिश्वब्यापी महामारीको अर्थात काेभिड १९ काेराेना भाईरसका कारण अस्तब्यस्त भैरहेको अवस्थामा समेत विश्वका विभिन्न मुलुकहरु बाट हाम्रो अभियानमा जोडिन आउनु भएको र आर्थिक ,नैतिक भौतिक ,बैचारिक हिसाबले सहयोग गर्दै आउनु हुने सम्पुर्णमा हार्दिक स्वागत सहित विशेष धन्यवाद व्यक्त गर्दछौं । यतिबेला हामी मलेशिया,नेपाल , अमेरिका , ब्राजिल , इटाली,पोलान्ड, जापान, दक्षिण कोरिया , माल्दिभ्स , साइप्रस , ओमन,युएई , साउदी , कतार, बहराइन ,रसीया , बेल्जियम, अस्ट्रेलिया,इजरायल,भारत , पोर्चुगल ,माल्टा गरि जम्मा २२ वटा देशमा संयाेजक प्रतिनिधि ताेकि काम कार्य अगाडि बढाउने काम भएकाे छ। मलेसिया लगाएतका खाडि मुलुकमा समेत राेजगारी गुमाएका खाध्यान्न समस्या भएका जेल जीवन बिताईरहेका तथा सारिरिक रुपमा अस्वस्थ रहेका सयौं श्रमिक दाजुभाइ दिदिबहिनीका समस्यालाइ नेपाली राजदुतावास तथा विभिन्न निकायहरु संग सहकार्य गरेर समाधान गर्ने काम गर्दै आएको छौ । पछिल्लोपटक माल्दिभ्स बाट हामीले कहि बाट पनि न्याय पाउन सकेनौ विभिन्न मिडिया र निकाय सम्म पुग्दा पनि हामीले सहयोग पाउन सकेनौ भन्दै अलपत्र ७ जना नेपालीहरुले संस्थालाइ लिखित अपिल गरेपछि ३ लाख भन्दा बढि आर्थिक संकलन तथा सहयोग गरि उहाँहरुलाइ सकुशल लनेपाल फर्काउने काम भएकाे छ। तेस्तै UAE मा अपलत्र करिव ३५० जना श्रमिकहरुलाई करिव ४ महिना बढि सम्बन्धित मेनपावर युएई दूतावास र युएईमा मा सकृय विभिन्न निकायहरु संग सहकार्य गरि खाध्यान्न उपलब्ध गराई सकुसल नेपाल फर्काउन पहल भैरहेको छ यस्तैगरी मलेसिया ,साउदी, कतार ,जोर्डन लगाएत विभिन्न देशमा बाट समस्यामा परेर हामी सङ जोडिनु भएको दाजुभाइ दिदिबहिनी हरुको लागी आवश्यक सहयोग र पहल गर्दै आइरहेको जानकारी गराउन चाहान्छौ । स्थापनाको याे छोटो समय र नियमित डिउटिको बाबजुद पनि आम श्रमिक दाजुभाइ दिदिबहिनी हरुको समस्या समाधानका निम्ति सकेको सकृय सहयोग गर्दै मलेसिया समिति बाट अन्तर्राष्ट्रिय समिति अनि कोभिड महामारीको सामना गर्दै 22 वटा देशहरुमा संयोजक प्रतिनिधि सहित प्रवास ब्यूरो बनाउन सफल भएको छौ विभिन्न देशमा समिति गठन हुने प्रक्रियामा छन मलेसिया समिति आज नै पुनर्गठन समेत हुदैछ यो बिचमा हामीले जति पनि साथ सहयोग समस्यामा पर्नु भएको नेपाली दाजुभाइ दिदिबहिनी लाइ गर्नुपर्ने थियो तेतित गर्न सकेनौ यस्को लागी हामी दुखित छौ आत्मआलोचित पनि छौ तर हाम्रो स्रोत साधनले भ्याएसम्म हामीले कुनै कसुर बाकी नराखी निरन्तर संघर्षरत छौ र यसरी नै अगाडि बढिरहने प्रतिबद्धता समेत जाहेर गर्दछौं । साथै संस्थाको हित बिकासको निम्ति सदैव सक्रिय रहनु हुने प्रमुख अभियान्ता अभियान्ता संरक्षक सल्लाहकार केन्द्रिय समिति विभिन्न देशमा रहनु हुने संयोजक प्रतिनिधि लगाएत यो एक बर्षकाे अबधिमा हामीलाई प्रतक्ष अप्रत्यक्ष रुपमा साथ सहयाेग सुझाव सल्लाह हौसला प्रधान गर्नु हुने तपाईं सम्पुर्णमा हामी हृदयबाट नै हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं साथै अागामी बर्षहरुमा समेत तपाईंहरुको अझ धेरै साथ सहयोग माया हौसला रहिरहने विश्वास लिएका छौ र अझ शसक्त ढङ्गले अगाडि बढ्ने दृढ सङ्कल्प गर्दछौं । नेपाली मजदुर एकता समाज, केन्द्रिय समिति , प्रवास ब्युराे तथा विभिन्न देशमा रहनु हुने संयाेजक प्रतिनिधि र शाखाहरुका पदाधिकारी , सदस्य लगाएत हाम्रो शुभ चिन्तक समर्थक सबैमा पहिलाे बार्षिक उत्सबकाे यो ऐतिहासिक दिनको अवसरमा नेपाली मजदुर एकता समाज हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ !

” धन्यवाद ”
केन्द्रिय कार्यालय नेपाली मजदुर एकता समाज