मजदुरका लागी मजदुर भन्ने मुल नारा सहित २८ जुलाई सन् २०१९ मा मलेसियाको राजधानी क्वालालम्पुरमा अभियान्ताहरु दिलिप भट्टराई समर्पण तेज बहादुर कार्कि प्रेम बहादुर शाहि दिलिप तथा अर्जुन सिहं अनुरागिकाे सकृयतामा भएकाे बृहत भेलाले मजदुरका समस्या समाधान गर्न अब मजदुरले नै नेतृत्व गरेर सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको थियो यहि निष्कर्ष बमोजिम गैरराजनीतिक, गैरसरकारी र मुनाफा रहित विशुद्ध श्रमिक मैत्री र श्रमिकले नै नेतृत्व गर्ने गरि औपचारिक रूपमा नेपाली मजदुर एकता समाजकाे स्थापना भएको हाे ।
मलेसियाबाट सुरु भएको नेपाली मजदुर एकता केन्द्र सयौं समस्यालाइ हेर्दै पहल सहजीकरण गर्दै आएको केन्द्रले आम श्रमिकहरुको साथ सहयोग र समर्थन पाउदै गएपछि क्रमश आफुलाइ थप मजबुत बनाउदै नेपालमा दर्ता गरि अन्तर्राष्ट्रिय रुपमा नै साखाहरु गठन गर्ने र श्रमिकको समस्या समाधानमा निरन्तर लाग्ने अठोट सहित र निक्कै लामो संघर्ष र मेहनतका बाबजुद ०१ फागुन २०७६ मा नेपाल सरकार बाट समेत औपचारिक सम्बन्धन लिन सफल भयौ अहिले बिश्वब्यापी महामारीको अर्थात काेभिड १९ काेराेना भाईरसका कारण अस्तब्यस्त भैरहेको अवस्थामा समेत विश्वका विभिन्न मुलुकहरु बाट हाम्रो अभियानमा जोडिन आउनु भएको र आर्थिक ,नैतिक भौतिक ,बैचारिक हिसाबले सहयोग गर्दै आउनु हुने सम्पुर्णमा हार्दिक स्वागत सहित विशेष धन्यवाद व्यक्त गर्दछौं । यतिबेला हामी मलेशिया,नेपाल , अमेरिका , ब्राजिल , इटाली,पोलान्ड, जापान, दक्षिण कोरिया , माल्दिभ्स , साइप्रस , ओमन,युएई , साउदी , कतार, बहराइन ,रसीया , बेल्जियम, अस्ट्रेलिया,इजरायल,भारत , पोर्चुगल ,माल्टा गरि जम्मा २२ वटा देशमा संयाेजक प्रतिनिधि ताेकि काम कार्य अगाडि बढाउने काम भएकाे छ।
भने मलेसिया, माल्दिभ्स नेपाल भारतमा शाखा तथा भारतका विभिन्न राज्य हरुमा समेत राज्य समिति गठन गरि काम कार्य अगाडि बढाने काम भएकाे छ । स्थापना काल देखी म यश संस्थाको सह-सचिव तथा अन्तरास्ट्रिय समितिको केन्द्रीय सचिवालय सदस्य त्यसपछि प्रवक्ता हुँदै पछिल्लो समय प्रवास ब्युराेमा बिशेष भुमिका तथा मलेसिया शाखाकाे अध्यक्षका रुपमा यश संस्थामा अाबद्द भइ सकेको साथ र सहयाेग गर्न पाउँदा अाफुले अाफैलाई निकै नै भाग्यशालि ठानेकाे छु । र अागामी दिनमा पनि श्रमजीवी मजदुर साथिहरुकाे हक हितकाे निमित्त कटिबद्ध भएर लागिपर्ने बचनबद्दता जाहेर गर्दछु। म स्वयं पनि श्रमिक भएकाे हुदा श्रमिक माथि हुने अन्याय अत्याचार विभेद र कुनै पनि बाहानामा श्रमिक माथि हुने शाेषणका बिषयमा अाफ्नै समस्या सम्झेर समाधानका निम्ति अन्तिम समय सम्म पनि लागि पर्ने छु ।
अाउनुहाेस अब कसैलाई भगवान ठान्ने प्रबृत्ति हटाएर अाफ्नाे हक अधिकार र अाफ्नाे समस्या समाधानकाे प्रयास अाफै बाट थालाै। मजदुरका लागी मजदुर भन्ने मुल नारा सार्थक पाराै । बिश्वभर श्रम गरिराख्नु भएका सम्पूर्ण श्रमिकहरु लाई नेपाली मजदुर एकता समाजमा हार्दिक स्वागत गर्दछौं ।
राम प्रसाद सुवेदी ” संगम “
केन्द्रीय सदस्य तथा मलेसिया शाखा अध्यक्ष नेपाली मजदुर एकता समाज
सम्पर्क- +60149291246