प्रिया राना
बिहीवार ४ मंसिर युएई । बिदेश गएका नेपालीहरु अलपत्र तथा समस्या धेरै कारणले हुने गर्दछन् । कोहि कम्पनीबाट निकालिएर, कोहि आफै कम्पनीबाट भागेर, कोहि दलालले काम लगाइदिन्छु भनी बिदेश पुर्याइ अलपत्र पारेर, कोहि भिजिट भिसामा गएर उतै लुकेर बस्दा दुख पाएर यस्ता धेरै कारणले गर्दा बिदेशमा नेपालीहरु समस्यामा पर्ने गरेका छन् । साथै अहिले कोरोना महामारीको प्रकोपबाट वैदेशिक रोजगारको सिलसिलामा आउ जाउ गर्ने समान्य कामदारहरु पनि बिदेशमा अलपत्र परेका छन् ।
कोहि भिसा सकिएर घर फर्किने क्रममा लक डाउन हुदा, कोहि लक डाउनले कम्पनी बन्द भएर । यस्ता धेरै कारणले नेपाली कामदारहरु अझै पनि बिदेशमा दुख पाइरहेका छन् । स्वदेश फर्किन उनीहरु महिनौ कुर्दा पनि सफल हुन सकेका छैनन् । यसरी बिदेशमा अलपत्र परेका हरुलाई सरकारले प्रभावकारी ढंगले उद्धार गर्न त सकेको छैन तर बिदेशमा भएका विभिन्न संघ संस्थाहरुको सहयोगमा भने कतिपय स्वदेश फर्किन सफल भएका छन् । यसरी सहयोग गर्ने संघ संस्थामा पछिल्लो उदाहरण नेपाली मजदुर एकता समाज पनि एक हो ।
अहिले यो समाज विभिन्न देशमा समस्यामा परेका नेपालीहरुको समस्या समाधानको लागि निकै सशक्त भएर लागि परेको छ । यो समाजले थोरै समयमै धेरै काम गरेर पनि देखाएको छ । भर्खर युएई मा पनि नेपाली मजदुर एकता समाज युएई समिति गठन भएको छ । यस समितिले युएई मा समस्या परेका नेपालीहरुको समस्याको समाधान गर्दै आइरहेको छ । केही दिन अघि मात्र युएई समितिकि अध्यक्ष सुबि बुढाथोकीको पहलमा पीडित पर्वतका भिभेक शर्मा नेपाल फर्किन सफल भएका छन् ।
भिजिट भिसामा युएई पुगेका उनी कोरोना महामारी र लक डाउनको समस्याले गर्दा लामो समय देखि युएई मा अलपत्र परेका थिए । त्यसपछि नेपाल फर्किन सहयोगका लागि उनी नेपाली मजदुर एकता समाज युएई समिति अध्यक्ष बुढाथोकीको सम्पर्कमा आएका थिए । नेपाल फर्किन आर्थिक अवस्था कमजोर भएपछी शर्मालाई अध्यक्ष बुढाथोकी आफैले नेपाल जाने टिकट काटिदिएर नेपाल फर्किन सहयोग गरेकी हुन् ।
अहिले शर्मा नेपाल पुगिसकेका छन् भने युएईमा समस्यामा परेका नेपालीहरुको सक्दो सहयोग र समस्याको समाधान गर्ने युएई समितिकि अध्यक्ष सुभद्रा बुढाथोकी “सुबि” ले nepalilabourunity.com लाई बताएकी छिन् । उनले लामो समय देखिनै बिदेशमा समस्या परेका धेरै पीडित नेपालीहरुको उद्धार र सहयोग समेत गर्दै आइरहेकी छिन् ।
शेयर गर्नुहोस् ...