सेन्सर बिना नै हिन्दी फिल्म नेपालमा चलाइएको भन्दै नायक खड्का द्वारा गम्भीर ध्यानाकर्षण ।

1091

सनिवार १ जेठ काठमाडौ । नेपाली सिनेमाहरु बिना सेन्सर नेपालमा रिलिज गर्न पाइदैन तर यतिबेला “राधे” भन्ने हिन्दी फिल्म सेन्सर बिना नै डिजिटल प्लेटफर्मा रिलिज गरिएको छ । तर यसमा समेत सेन्सर अनिवार्य हुने भएको भन्दै यस बारेमा राष्ट्रवादी नायक/निर्माता तथा सिमानामा काडेतार अभियानका अभियान्ता एवम् नेपाली मजदुर एकता समाजका संरक्षक समेत रहनु भएका नवल खड्का ले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उक्त कुराप्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गर्नुको साथै भारतीय फिल्म नेपालमा बिना सेन्सर चलाउन मिल्ने हो भनी सेन्सर बोर्ड लाई प्रश्न समेत गर्नु भएको छ। खड्काले सामाजिक संजालमा राख्नु भएको स्टाटस लाई हामीले जस्ताको तस्तै राखेका छौ ।

“राधे” भन्ने हिन्दी फिल्म नेपालमा सेन्सर बिना नै चलाएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। के नेपाली फिल्मलाई सेन्सर गर्नुपर्ने तर हिन्दी फिल्मलाई नपर्ने कुनै सम्झौता भएको हो ? कि नयाँ ब्यबस्था लागू गरिएको हो या लम्पसारवादको पुनः आगमन भएको हो? यसबारे सरकारको सम्बन्धित निकायबाट खुलस्त पार्न सरकारलाई अनुरोध गर्दछु। साथै समस्त चलचित्रकर्मीहरु तथा देशभक्तहरुले यस्तो कार्य बन्द गराउन “राष्ट्रवादी” सरकारलाई सचेत गराउन आवाज उठाउनु हुनेछ भन्ने विश्वास गर्दछु

यतिबेला नेपालमा डिजिटल प्लेटफर्मा रिलिज भएर चलिरहेको राधे फिल्मको चौतर्फी रूपमा विरोध सुरु भएको छ ।

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना