राष्ट्रिय आविष्कार केन्द्रलाई मास्टर कुमार कार्कीको लाखौंको सहयोग

    1147

    रमेश कार्की, अमेरिका नेपाल राष्ट्रिय आविष्कार केन्द्र काठमाडौलाई एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकाडेमी बाल्टिमोड यु.एस.ए का अध्यक्ष मास्टर कुमार कार्कीले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेका छन् । कार्की आफू बिगत डेढ दशक देखि अमेरिकाको बल्टिमोडमा तेक्वान्दो एकाडेमी संचालन गर्दै आइरहेका छन् । उनी लामो समयदेखि अमेरिका बस्दै आइरहेको भएपनि उनले नेपालमा प्राकृतिक प्रकोप पर्दा होस् या कुनै खेल क्षेत्र र संघ संस्थाहरुलाई निरन्तर सहयोग गर्दै आइरहेका छन् । आफ्नो अमेरिकी मुलुकको बसाईका अनुभव अनुसार राज्य बिकास हुनको लागि सर्बप्रथम टेक्नोलोजी बिकास हुन अत्यन्तै जरुरी छ जबसम्म टेक्नोलोजीको बिकास हुदैन देशले कोल्टे फेर्न अत्यन्तै गाह्रो हुन्छ र देश भित्र टेक्नोलोजीको बिकास भएपछि रोजगारीको लागि नेपाली दाजुभाइहरु बिदेश जानको लागि हरियो पासपोर्ट समात्न जरुरी पर्दैन भन्दै कार्की आफ्नो कुरा व्यक्त गर्दछन् ।

    आविष्कार केन्द्रका संस्थापक महाबिर पुन बिगत एक महिना देखि यु.एस.ए को भ्रमणमा रहेका छन् । पुन अमेरिकी मुलुकमा बस्ने सम्पुर्ण नेपालीहरुको विभिन्न संस्था र जातीय संघहरुको निमन्त्रणामा चालिस वटा राज्यको भ्रमणमा सहयोगको लागि भनेर अभियान लिएर निस्केका हुन् । राज्यले यस्तो कोभिड -१९ को महामारीमा पर्याप्त अक्सिजन र अन्य सामग्रीहरु जुटाउन नसकेकोले पुन आफ्नै आविष्कार केन्द्रमा विश्वभरी रहेका नेपालीहरु बाट जुटेको सहयोगले आविष्कार केन्द्रबाट सामग्री निर्माण गर्दै देशमा आपत बिपत पर्दा निसुल्क सहयोग गर्दै आइरहेका छन् । आविस्कार केन्द्र धेरै ठुलो धन राशीले चल्ने संस्था भएको कारण चाहेको जति खर्च जुटाउन नसकेकोले सामग्रीहरु निमार्णको लागि दैनिक आर्थिक कमजोर भइरहेको कारण आविष्कार केन्द्रको कार्य सुचारु गर्न हम्मेहम्मे परिरहेको पुनले बताएका छन्  ।

    शेयर गर्नुहोस् ...

    प्रतिक्रिया दिनुहोस्

    सम्बधित सूचना