करन बहादुर चन्दलाई UAE को The Tigers Martial Art Club देखि सम्मानपत्र हस्तान्तरण !

707

युएई । विगत लामो समयदेखि निरन्तर तेक्वान्दो खेलमा सक्रिय करन बहादुर चन्दलाई युएई को The Tiger Martial Art Club ले प्रशंसापत्र प्रदान गरेको छ । चन्द लामो समयदेखि युएई मा कार्यरत छन् । बिदेशमा बसेर पनि उनले आफ्नो कामको अलवा तेक्वान्दो खेललाई पनि निरन्तरता दिदै आइरहेका छन् । उनी युएई मै बसेर धेरै अन्तर्राष्ट्रिय तेक्वान्दो गेम खेलेर नेपालको नाम उच्च राख्दै आइरहेका छन् । उनले तेक्वान्दो गेम खेलेर धेरै पटक पदक तथा प्रमाणपत्र हासिल गरिसकेका छन् । Dubai Police Academy, Arab Teakwondo Union Federation जस्ता महत्त्वपूर्ण प्रमाणपत्र पनि हासील गरिसकेका छन् । 


चन्दको भनाई अनुसार “परिश्रम र मेहेनत गर्दै जानुपर्छ सफलताले पछ्याइ रहनेछ”। १० हजार घन्टा तालिम गरेपछि बल्ल १ खेलाडी खेल्नको लागी योग्य हुन्छ । सफलता भनेको केही समयमा नै आउने कुरा होइन २२ बर्समा दिनको २ घन्टा तालिम गरेपनी बर्षमा ६०० घन्टा हिसाब गरेनी १३ हजार २ सय घन्टा हुन आउछ । हामीले लामो समयको भिजन राखेर मेहेनत गर्ने हो भने ओलम्पिकमा पदक लिएर आउन सकिन्छ जस्तो लाग्छ, मैले आफैले सम्भव नभए पनि म प्रयास गर्दैछु र सबैले आफ्नो आफ्नो ठाउँ बाट प्रयास जारी राखौ अनि निरन्तर खेलाडीलाई १० हजार घन्टा उत्कृष्ट तालिम दिएर हेरौ परिणाम अवस्य सकारात्मक आउनेछ । उनको यो भनाइ अनुसार खेलाडीलाई यसरी उत्कृष्ट तालिम दिएर खेल मैदानमा उतार्दा नतिजा पक्कै पनि सकारात्मक आउनेछ । त्यसैले सबभन्दा पहिला सबैले आ-आफ्नो क्षेत्रबाट खेलाडीलाई यसरी उत्कृष्ट तालिम दिन अति आवश्यक छ ।

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना