नेपाली खेलाडी करन बहादुर चन्द कराते पाचौं डन ब्ल्याक बेल्ट जापानबाट सम्मानित !

954

प्रिया राना, युएई । युएई (दुबई) मा लामो समयदेखि रोजगार गर्दै आएका कंचनपुरका २८ बर्षीय करन बहादुर चन्द जापानबाट सम्मानित भएका छन् । उनलाई जापानको प्रतिष्ठित क्लब WOULD GOJU-RYU KARATE-DO, ARMOUR MARTICAL ART GOJJU KARATE ASOCIATION का अध्यक्ष तथा क्लबका संस्थापक मनोज गौतम द्वारा कराते पाँचौ ब्ल्याक बेल्ट डन प्रमाणपत्र र लामो समयदेखि खेलकुद क्षेत्रलाई बिदेशमा बसेर पनि निरन्तरता दिएर नेपालको नाम उच्च राख्न उल्लेखनीय भुमिका खेलेकोमा प्रंशन्सापत्र पनि दिइएको छ ।


करन बहादुर चन्द लामो समयदेखि तेक्वान्दो खेलकुदमा आबद्ध छन् । तेक्वान्दो खेलको सुरुवात नेपालबाट गरे पनि वैदेशिक रोजगारको लागि पाँच बर्ष अगि युएई पुगेका उनी त्यहाँ पुगेर पनि खेललाई निरंतरता दिए । उनी युएईमा आफ्नो काम सकेर फुर्सदको समय तेक्वान्दो खेल्ने र अरुलाई पनि सिकाउने गर्दछन् । चन्द छ महिना देखि युएईको लुलु ग्रुप इन्टरनेसनलमा आवद्ध भएर ट्रेनिङ्ग दिने र आफू पनि ट्रेनिङ्ग गर्ने गर्दछन् । आफू काम गर्ने रोजगार कम्पनीले पनि खेल क्षेत्रमा सहयोग गर्ने गरेको चन्दको भनाइ रहेको छ । प्रवासमा बसेर पनि एक्लै तेक्वान्दो खेललाई निरंतरता दिदै फुर्सदको समयमा विभिन्न अन्तर्राष्ट्रिय गेममा सहभागी भएर नेपालको नाम उच्च राख्न लागि परेका छन् । उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएर पदक जितेका छन् । जसको कारण चन्दलाई बिदेशका प्रतिष्ठित क्लब तथा संघ संस्थाहरुले सम्मान गरि प्रसंशापत्र दिदै आएका छन् । यसअघि चन्द दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडरेशन र अन्य प्रतिष्ठित संस्थाहरुबाट सम्मानित भइसकेका छन् ।


“मेहनत र समर्पण पछि सफलता मिल्नेछ” भन्ने भनाइलाई आत्मसात गर्दै बिदेशमा बसेर पनि खेलकुद क्षेत्रलाई जारी राख्न पाउँदा धेरै खुसी भएको चन्द बताउँछन् । उनको खेल प्रतिको मेहेनत र लगन देखेर नै जापानको प्रतिष्ठित क्लब मार्सल आर्ट गोजु-रियो कराते एसोसिएसन द्वारा पाचौं डन ब्ल्याक बेल्टको प्रमाणपत्र र प्रसंशापत्र द्वारा सम्मानित गरिएको हो । जुन हामी नेपालीहरुको लागि एकदम गौरवको कुरा हो । उनलाई खेलकुद क्षेत्रमा अझ बढी प्रगती र अगाडि बढ्न हामी सब नेपालीको साथ र हौसला उत्तिकै आवश्यक रहेको छ ।

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना