मजदुर एकता समाजको मलेसिया सामितिमा अध्यक्ष पदको लागि अर्जुन सिंह अनुरागीको उम्मेदवारी !

741

प्रिया राना, मलेसिया । नेपालीहरु संसारको धेरै देशमा श्रमिकको रुपमा पुगेका छन् । उनीहरु बिदेशमा बसेर दिनरात नभनी श्रम गरिरहेका हुन्छन् तर कतिपय देशमा श्रम गर्न गएका नेपालीहरु विभिन्न समस्यामा पर्ने गरेका छन् । यसरी समस्यामा परेका नेपालीहरुको उद्धार र सहयोगका लागि स्थापना गरिएको नेपाल मजदुर एकता समाजले विभिन्न उतारचढावको बीचमा अहिले दुई बर्ष पार गरेको छ । दुई बर्ष पुरा गरे सगै यस संस्थाको पहिलो अधिबेशन यस संस्थाका साखा समितिहरुको विभिन्न देशमा हुन गइरहेको छ भने यहि आउने अगस्ट १५ तारिखको दिन मलेसियामा मलेसिया समितिको अधिबेशन हुन गइरहेको छ ।


मजदुरका लागि मजदुर भन्ने मुल नारा, उद्देश्य र गैरसरकारी, गैरराजनीतिक तथा गैरमुनाफामुखी रहने प्रतिबद्धता सहित स्थापना भएको नेपाली मजदुर एकता समाजको मलेसिया समितिको अधिबेशन 15/8/2021 आइतबारका दिन हुन गइरहेको छ । 2021 देखि 2023 कार्यकालको लागि सबै जना आ-आफ्नो दाबेदारी पदमा उम्मेदवारी दिएका छन् भने अध्यक्ष पदमा अर्जुन सिंह अनुरागीले उम्मेदवारी दिएका छन् ।

 
अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सिंहको भनाइ यस्तो रहेको छ । ” म यस मलेसिया समितिको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । यहाँहरु सम्पुर्णको साथ सहयोग रहने छ भन्ने कुरामा आसावादी छु । यदि यहाँहरुको साथ सहयोग रहन गएमा मलेसियाका सम्पुर्ण संघ संस्था सँग सहकार्य गरेर मलेसिया भरी समस्यामा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई आपतकालीन अवस्थामा रहनको लागि आपतकालीन आवासको ब्यवस्थापन गर्ने छौ । साथै मलेसिया भरीका सम्पुर्ण श्रमिक दाजुभाइहरु सहज रुपमा नेपाली दूतावास जान सक्ने वातावरण सिर्जना गर्ने छौ र मलेसियाका विभिन्न क्षेत्रमा सचेतता मुलुक कार्यक्रम संचालन गर्ने छौं । त्यसैले सबैको साथ र सहयोग पाउछु भन्नेमा बिश्वस्त रहेको छु ।

मुख्य कुरा, 

१, मलेसिया भरी दुखमा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई आपतकालीन अवस्थामा रहनको लागि आपतकालीन आवासको ब्यवस्थापन गर्ने ।
२, सहज रुपमा नेपाली दूतावास जान सक्ने वातावरण सिर्जना गर्ने ।

३, मलेसियाका विभिन्न क्षेत्रमा सचेतता मुलुक कार्यक्रम संचालन गर्ने ।

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना