मजदुरका लागि मजदुर किन ? -प्रिया राना

279

✍️ प्रिया राना, ब्राजिल

              हामी विगत एक वर्ष अगाडीबाट नेपाली श्रमिकहरुको हक हित र न्यायको क्षेत्रमा वास्तविक स्वतन्त्र अर्थात गैरराजनीतिक संगठनको आवश्यकतालाई मनन गरी मलेशियामा कार्यरत श्रमिकहरु बिच २८ जुलाई २०१९ मा मलेशियाको क्वालालम्पुरमा औपचारिक भेला भएको थियो । त्यस औपचारिक भेलामा प्रवासी नेपाली श्रमिकहरुको बारेमा लामो बहस भएको थियो । उक्त भेलाले अब श्रमिकका लागि हामी आफै श्रमिक नै सक्रिय हुनुपर्ने निष्कर्ष सहित तत्कालीन अवस्थामा तेज बहादुर कार्की अध्यक्ष तथा समर्पण भट्टराई महासचिव रहने गरी नेपाली मजदुर एकता केन्द्र मलेशियाको औपचारिक स्थापना गर्दै भेला समापन भएको थियोे ।

नेपाली मजदुर एकता समाज स्थापना भएको दिनबाट नै श्रमिकहरुको क्षेत्रमा काम गर्दै आउदा स्थापनाको ६ महिनापछि औपचारिक हिसाबले नेपाल सरकारबाट नै अनुमोदन गरेर थप मजबुत भएर अगाडी बढ्ने उद्देश्य र तत्कालीन समितिको निर्णय बमोजिम नेपालमा समेत औपचारिक रुपमा नेपाल सरकारबाट समेत संम्बधन लिएर काम गर्दै आएको छ । यद्यपि यहि बिचमा संस्था र संस्थाका पदाधिकारी सँग जोडिएर केही जिज्ञासाहरु पनि आउने गरेका छन् । हामी उहाँहरुलाई हार्दिकता पुर्वक सम्मान गर्दछौं तर यो नितान्त स्वतन्त्र संगठन हो । यसले कुनै पनि राजनीतिक दल सङ कुनै पनि प्रकारको झुकाव राख्दैन र राख्ने पनि छैन । विभिन्न स्वतन्त्र भनिएका संघ संस्थाहरुमा परेको राजनीतिक प्रभावले हामीलाई पनि उहाँहरुले संका गर्नु स्वाभाविक हो तर प्रवासमा स्थापित थुप्रै संघ संस्थाबाट पाठ सिक्दै यसलाई फरक ढंगले अगाडी बढाउने तत्कालीन अभियान्ताहरुको सामुहिक प्रतिबद्धता अनुसार नै कुनै पनि राजनीतिक प्रभाव बिना स्वतन्त्रता पुर्वक आफ्ना गतिविधि संचालन गर्दै आएको कुरा स्पष्ट पार्न चाहान्छौ ।

सबैभन्दा पहिलो कुरा नेपाली मजदुर एकता समाज के गर्न चाहान्छ अर्थात यसले गर्न खोजेको कुरा के हो भन्ने कुरा मुख्य विषय हो । यो नितान्त बिना स्वार्थ बिना पुर्वाग्रह कार्यरत संसारभर रहेका नेपाली मजदुरहरुको साझा संगठन हो । यसको मुख्य उद्देश्य गैरराजनीतिक रूपमा रहेर आम विभिन्न क्षेत्रमा विभाजित नेपाली श्रमिकहरुलाई एकताबद्ध बनाउदै नेपाली श्रमिकहरुको क्षेत्रमा सकेको सहयोग पुर्याउनु हो । हुनत हरेक संघ संस्था संगठनका आफ्ना आफ्नै निति उद्देश्य मुल्य मान्यता हुन्छन् । यसको पनि आफ्नै निति, नियम, मुल्य र मान्यताहरु छन् । सोही नीति, नियम, मुल्य र मान्यता बमोजिम नै यो अहिलेसम्म संचालन हुँदै आएको छ । संगसगै प्रवासमा नेपाली श्रमिकको क्षेत्रमा कार्यरत अन्य संघ संस्था व्यक्तित्व र कुटनैतिक नियोगहरु सँग आवश्यक सहकार्य छलफल बहस गर्दै अधिकतम रूपमा नेपाली श्रमिकको क्षेत्रमा पहल कदमी लिदै अगाडी जाने नै यसको उद्देश्य मध्यको एउटा पार्ट हो । हाम्रो कुनै पनि संस्था र व्यक्ति सँग कुनै प्रकारको पुर्वाग्रह अथवा अस्वस्थ प्रतिस्पर्धा पनि नरहेको कुरामा स्पष्ट पार्न जरुरी ठान्दछौ भने परिवारको दैनिकी जीवन चलाउन कै लागि बिदेशीन विवश तपाई हामी संकलन भएको एक रुपैया पनि आर्थिक दुरुपयोग नगर्ने र नहुने कुरा पनि प्रतिबद्धता जाहेर गर्दछौं ।

अन्तमा मजदुरका लागि मजदुर के हो किन र के का लागि भन्ने बारेमा केही चर्चा गर्न आवश्यक ठान्दछौ । अहिलेसम्म संचालनमा रहेका अधिकांश संघ संस्थाहरु भन्दा फरक उद्देश्यले नितान्त मजदुरका लागि मजदुरहरु मार्फत मजदुरले आफैले नेतृत्व गरेर संचालनमा रहेको सायदै यो पहिलो संस्था हुन सक्छ । अर्को कुरा जब मजदुरहरुले नेतृत्व गर्दैनन् तब सम्म मजदुरका समस्या पीडाहरु वास्तविक रूपमा उठान हुन सक्दैनन् भन्ने हाम्रो निष्कर्ष नै मजदुरका लागि मजदुर हो । मजदुरहरु आफै एकताबद्ध र सक्रिय भए भने श्रम पसिना मात्रै बेच्ने होइन मजदुरहरुको निम्ति केही बिचार योजना उद्देश्य पनि दिन सक्छन् । मजदुरहरु आफै सक्रिय भए भने धेरै कुराहरु आफै पनि समाधानका श्रोतहरु खोज्न सकिन्छ भन्ने उदाहरण पनि मजदुरका लागि मजदुर हो । श्रम शोषण र ठगी इमोशनल ब्ल्याकमेलबाट मजदुरहरुलाई जोगाउदै मजदुर आफै पनि केही गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि मजदुरका लागि मजदुर हो ।

लेखिका :- प्रिया राना – नेपाली मजदुर एकता समाजकी केन्द्रिय सदस्य, संचार बिभाग प्रमुख, ब्राजिल संयोजक तथा संचार क्षेत्रमा निरन्तर कलम चलाउदै आउनुभएकी संचारकर्मी पनि हुनुहुन्छ ।

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना