एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकाडेमीको सहयोगमा निम्न स्तरीय डोजाङ्गमा सहयोग !

201

चितवन, रत्ननगर
एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकाडेमीको सहयोगमा भारतीय गोर्खा सेनामा कार्यरत तेक्वान्दोका खेलाडी रमेश कार्कीद्वारा नेपाल बिदामा घर आउँदा चितवन जिल्ला, रत्ननगर नगरपालिका १५ मा रहेको मादापुर तेक्वान्दो डोजाङ्गलाई खेलकुद सामग्री बितरण गरी उनीहरुलाई प्रेरणा दिइ खेलकुद प्रती जागरुक गर्दै उनीहरुको हौसला बढाएका छन् । खेलाडीहरुलाई केवल तालिमले मात्रै प्रतियोगितामा पदक हासिल गर्न असम्भव हुन्छ । उनीहरुलाई आवश्यक खेल सामग्रीहरु र प्रेरणा पनि अति आवश्यक हुन्छ।

अहिलेसम्म हजारौं खेलाडीहरुको सहभागी रहदै आइरहेता पनि अहिलेसम्म कुनै पनि सरकारी निकाय र स्थानीय जन प्रतिनिधिहरुले कुनै पनि किसिमको सहयोग नगरेको र सहयोगको लागि धेरै पटक कार्यालय धाउदा समेत कुनै प्रतिक्रिया नदिएको डोजाङ्ग प्रमुख चमा तामाङले खुलाएकी छिन् । कुनै पनि खेल निरन्तर संचालनको लागि त्यहाँको स्थानीय जनप्रतिनिधि र वडा, नगरपालिकाको अहम् भुमिका रहन्छ तर उनीहरुको अहिलेसम्म नजर नपरेको हुदा यस डोजाङ्गबाट राम्रो खेलाडीहरुले विश्राम लिदै आइरहेको प्रशिक्षक तामाङले जानकारी गराएकी छिन् ।

कुनै पनि खेलकुद क्षेत्रलाई उच्च स्थानमा पुर्याउनको लागि खेलकुदका लागि चाहिने अति आवश्यक सामग्रीको साथसाथै त्यस खेलका दक्ष प्रशिक्षक, मिहिनेती खेलाडी तथा उनीहरुलाई हौसलाको लागि स्थानीय जनसमुदायको पनि अति आवश्यक रहेको तेक्वान्दो खेलाडी रमेश कार्कीको भनाइ रहेको छ ।

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना